आवस्यक पर्दा दमकल छैन, पानि जहाज ल्याएर के गर्नु !
गत चैत ७ गते बेलुकीपख सुन्धारास्थित शालिमार होटल रहेको भवनमा आगलागी भयो दमल र सुरक्षाकर्मीको टोली आएर आगो नियन्त्रणमा लिए ।
यी त काठमाडौँमा भएका केहि आगलागीमा प्रतिनिधि प्राप्त हुन् । उपत्यकामा मध्यम खालको अगालागी दैनिकजसो नै भईरहेको हुन्छन् ।
काठमाडौं महानगरपालिका घटना हुने गरेको जुद्ध वारुणयन्त्रा कार्यालयका प्रमुख बद्रीमान नगरकोटी बताउाछन् ।
यस्ता घटनामा साँघुरो गल्ली, सडकका खाल्डाखुल्डी र ट्राफिक जामको बाहना बनाउँदै दमकल ढिलो पुग्ने गर्छ ।
दमकल सेवाको फोन नम्बर १०१ मा फोन आउनुको सट्टा प्रहरीलाई फोन जाने र त्यहाँबाट दमकलमा खबर आउँदा पनि ढिलो हुने गरेको नगरकोटीको दावी छ ।
सहरी क्षेत्रमा मात्रै नभएर देशमै दमकलको संख्या अत्यन्तै न्युन छ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिकासहित सात सय ५३ स्थानीय तहमा ७१ वटा मात्रै नमदकल रहेको स.घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विपद् तथा अग्नि नियन्त्रण शाखाको तथ्यांक छ ।,आजको नागरिकमा यो खबर छ ।