सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन



काठमाडौं । नेपाल तरुण दलले आज राजधानीको नयाँ बानेश्वरमा गरेको शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चाकरकर्मीमाथि सरकारले गरेको दमनप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियनले सरकारद्वारा स्वतन्त्र प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै घाइते भएका सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपालको संविधानअनुसार स्वतन्त्र प्रेसको जिम्मेवारी वहन गरिरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको प्रेस युनियनको ठहर छ ।

घटनाले सरकार स्वतन्त्र प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा लेखिएको छ– आगामी दिनमा स्वतन्त्र प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन नेपाल प्रेस युनियन सरकारलाई चेतावनी दिन चाहन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाई बहुमतको दम्भमा लोकतन्त्रको बाटो बिराएर नेपाली प्रेसलाई दमन गर्न निरंकुश शैलीमा प्रस्तुत भएको युनियनको ठम्याई रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिको अन्त्यमा नेपाल प्रेस युनियन नेपालको संविधानले प्रदत्त गरेका स्वतन्त्रपूर्वक लेख्न र समाचार सम्प्रेषण गर्न पाउने प्रेस स्वतन्त्रता तथा जनताको स्वतन्त्रतापूर्वक बोल्न एवं हिँडडुल गर्न पाउने मौलिक अधिकारको हेक्का राख्न सरकारलाई ध्यानाकर्षण गरेको छ ।

शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलनमा क्रममा सरकारले गरेको निर्मम दमनबाट नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत सञ्चारकर्मी घाइते भएका थिए ।