झलनाथ खनाल भेट्न बिहानै डल्लु पुगे प्रचण्ड - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

झलनाथ खनाल भेट्न बिहानै डल्लु पुगे प्रचण्ड



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै उपचार गराएर फर्किएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका छन् ।

बुधबार बिहानै प्रचण्ड खनाल निवास डल्लु पुगेर छलफल गरेका छन् । भेटका क्रममा प्रचण्डले उनको स्वास्थ अवस्थाबारे जानकारी लिएका थिए । भेटमा प्रचण्डले खनालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड त्यहाँ पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।