प्रचण्ड–नेपाल समूहले डाक्यो संसदीय दलको बैठक - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रचण्ड–नेपाल समूहले डाक्यो संसदीय दलको बैठक



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ।

मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो।

भोलि (बुधबार) अपराह्न ४ः०० बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन सर्वोच्चले बदर गरेको हो।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली समूह छलफलमा जुटेको छ।