तिलक परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान: प्रचण्ड - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

तिलक परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान: प्रचण्ड



काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का प्रमुख तिकल परियारलाई पदमुक्त गरिनु दलित समुदाय माथि नै अपमान भएको बताएका छन् ।

उनले ओली सरकारले यस्ता काम गरेर निरंकुशता र संविधानको हुर्मत लिने काम गरेको समेत प्रचण्डले बताएका छन् । प्रचण्डले ओलीको यो कदम निचताको पराकाष्टा भएको समेत उल्लेख गरेका छन् ।

तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान भएको बताएका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले प्रचण्डको भनाइ उद्धृत गर्दै सामाजिक संजाल फेसबुकमार्फत यस्तो सार्वजनिक गरेकी छन् । गंगाले सार्वजनिक गरेको नोटमा लेखिएको छ, ‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टाका साथै सम्पूर्ण दलित समुदाय माथि नै अपमान हो : कमरेड प्रचण्ड ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् ।