नेपाल दलित सङ्घ भारतको प्रथम अधिवेशन हैदरावादमा सम्पन्न - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

नेपाल दलित सङ्घ भारतको प्रथम अधिवेशन हैदरावादमा सम्पन्न



हैदरावाद फागुन १६  

नेपाल दलित सङ्घ भारत ईकाईको प्रथम अधिवेशन भारतको तेलंगाना राज्य हैदराबाद स्थित  श्री कृष्ण निलयम आन्द्रा भाषा हलमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण  पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल दलित संघक केन्द्रीय प्रतिनिधि डम्मर बहादुर सुनवार लगाएत अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि पाण्डेले   बि पी कोइरालालाई स्मरण गर्दै दलितहरुको विकास बिना स्वच्छ समाज निर्माण हुन नसक्ने धारणा राख्नु भएको थियो  । दलितहरुमा शिक्षा राजनीति समाजिक सास्कृति र भाषिक चेतनाको विकास आजको आवश्यकता हो भन्दै आफ्नो सम्बोधनमा दलितहरू प्रति सम्मान व्यक्त गर्नु भयको थियो । नेपालमा आगामी वैशाख ३१ गते हुन गैरहेको स्थानीय निर्वाचनमा एकमत भएर  नेपाली काँग्रेसलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सकारत्मक भूमिका निभाउन निर्देशन दिनु भयो ।

२१ औ शताब्दीको संघारमा आजका हामी अंधविश्वासबाट माथि उठन सकेका छैनौ भन्दै   पाण्डे  थप्नु  हुन्छ छुवाछुत र भेदभाव आज मनुष्यको सबै भन्दा ठुलो शत्रु हो । वाहाको कथन थियो दलितहरू पनि मानव हुन मानवले मानवको संरक्षण गर्न सक्नु पर्दछ । राजनीतिक क्षेत्रमा दलित हरुको समस्याहरू सम्बोधन गर्नु पर्दछ जब सम्म दलित वर्गको उत्थानका निमित्त राजनीतिक दलहरूले आफ्नो मन मस्तिष्कमा नयाँ सोचको विकास गर्न सक्दैनन तब सम्म राष्ट्र समृद्ध बन्न सक्दैन ।

उक्त कार्यक्रममा विशेष अतिथिहरुमा नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय सदस्य  कान्ति प्रसाद धमाले,पहराम विष्ट , कमान सिह भण्डारी ,पहरा विष्ट ,  नैन बाहादुर बिस्ट, क्षेत्रीय समितिका उपाध्यक्ष राज बहादुर कुवर , उपाध्यक्ष मीन बाहादुर कुवर ,  माहा सचिव नन्दा बोगटी  , पूर्व माहासचिव योगेन्द्र गौतम , सह कोषाध्यक्ष गोविन्द भण्डारी , सदस्य हरू तिर्थ कुवर , दलित सङ्घ भारतका बिभिन्न राज्यबाट  प्रतिनिधिहरूको उपस्तिथि थियो ।

कार्यक्रम पहल सिह ओडको  अध्यक्षतामा सम्पन्न भएको हो भने ओडकै  अध्यक्षतामा सर्बसम्मतीले  २५ कार्य समितिको चयन पनि भएको छ ।