दलाइ लामा दिल्लीको अस्पतामा भर्ना - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

दलाइ लामा दिल्लीको अस्पतामा भर्ना



तिब्बती धर्म गुरु दलाइ लामाको स्वास्थ्यमा समस्या देखिएको छ । भारत निर्वासनमा रहेका धर्म गुरु लामालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनका निजी सहयोगीका अनुसार छातीमा संक्रमण देखिएको छ । उनको अवस्था अहिले स्थिर रहेको लामाका निजी सहयोगी तेन्जिङ ताक्ल्हाले बताएको बिबिसले उल्लेख गरेको छ । ८३ वर्षका लामालाई स्वास्थ्यमा समस्या देखिएपछि विमान मार्फत दिल्ली लगिएको हो ।

उनी गएको ६० वर्षदेखि भारत निर्वासनमा छन३ । तिब्बतलाई स्वतन्त्र देशको मान्यता दिलाउन लागि परेका लामालाई चीनले आफ्नो शत्रुका रुपमा लिने गरेको छ । लामा कुशल वक्ता पनि हुन् । तर उनले पछिल्ला वर्षमा सार्वजनिक कार्यक्रम कम गरेका छन् ।