दाल नगलेपछी माधव नेपाललाई फकाउदै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

दाल नगलेपछी माधव नेपाललाई फकाउदै प्रधानमन्त्री ओली



काठमाडौँ –एक अर्कालाई घोचपेच गरिरहेका प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ट नेता माधव नेपालबिचको अबको सम्बन्धबारे सबै प्रतीक्षा गरिरहेका छन् । बिशेषगरि सरकारको कार्यशैलीमा नेता नेपालले गरेको टिप्पणी र पछिल्लो घटनाक्रमले एउटा सनसनी नै  मच्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको नेतृत्व शैलीबाट असन्तुष्ट बनेका नेता माधव कुमार नेपाललाई आलोचना र प्रतिवाद नगरी फकाउने कोसिस गरेका छन् ।

राष्ट्रसँघको महासभामा भाग लिई स्वदेश फर्किएका प्रधानमन्त्री ओली र नेता नेपालको सम्बन्ध ४६ वर्ष पुरानो रहेको र त्यसमा कुनै पनि फाटो नआएको दावी गरेका छन्।

प्रधानमन्त्री ओलले भ्रमणको उपलब्धी स्वरुप तयार गरिएको पाँच पृष्ठ लामो ‘प्रेस नोट’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुनाएलगत्तै माधव नेपालबारे टिप्पणी गरेका थिए।

‘नेपाल र तपाईबीचको सम्बन्धमा मतभेद भएको हो ?’ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले नेपाल र आफुबीचको सम्बन्ध जति पुरानो छ त्यति बलियो छ भन्दै बचाउ गरे।

‘उहाँसँग मेरो २०२९ सालदेखिको घनिष्टता र मित्रता छ। त्यो बेलादेखि सँगै काम गरेका हाम्रा अनुभव छन्। त्यसकारण म तपाईहरुलाई चिन्ता छोडी ढुक्क हुन आग्रह गर्दछु’, प्रधानमन्त्री प्रतिक्रिया दिए।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति असन्तुष्ट नेता नेपाललाई फकाउने रणनीतिकारुपमा आएको अनुमान गरिएको छ। प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा निस्केका बेला नेता नेपालले ‘मेरो देश डुब्‍न’ लाग्यो कोही बचाऊ’ भन्दै संसदमा ओली नेतृत्वको सरकारले जस  पाउने गरी काम नगरेको आरोप लगाएका थिए।  साथै निर्मला बलात्कार र हत्याकाण्डमा उनले सरकारको आलोचना गरेका थिए।

त्यसको भोलीपल्ट नेपालले राजधानीको एक होटलमा आयोजित गरेको चियापान कार्यक्रम पार्टीका स्थायी कमिटि सस्दयहरुले सरकारका एकलौटी र अपारदर्शी निर्णयविरुद्ध एक जुट भएर अघि बढ्ने उद्घोषको ‘मञ्च’ बन्‍न पुगेको थियो।

ती घटनाक्रमलाई लिएर अमेरिकाबाटै ‘देश डुव्दैन म फर्किहाल्छु’ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले स्वदेश फर्केपछि भने खासै कठोरता या व्यंग प्रदर्शन गरेनन्।  बरु नेपालसँगको उनको सम्बन्धका उतारचडावलाई सकारात्मक रुपमा मात्र प्रस्तुत गरे।

‘मान्छेमान्छेबीच कहिलेकाँही केही कुरा कसैलाई चित्त बुझेको हुँदैन कवितामार्फत लयात्मकढंगले केही कुरा भनिहालियो भने त्यसैलाई समातेर कुद्न पर्छ भन्ने छैन । त्यसैलाई ठूलो कुरा बनाउनु पदर्दैन’, प्रधानमन्त्री ओलीले भने।