‘दाल भात तरकारी’को रिलिज मिति सर्यो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

‘दाल भात तरकारी’को रिलिज मिति सर्यो



वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को रिलिज मिति सरेको छ । अब यो चलचित्र वैशाख २० गते बाट प्रदर्शनमा आउने भएको प्रस्तुतकर्ता किरण केसीले बताएका छन् । चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेका कारण निर्माण पक्षले प्रदर्शन मिति पछि सारेको हो ।

चलचित्रमा समावेश दाल भात तरकारी बोलकोे गीत शुक्रबार रिलिज हुँदैछ । राजेश पायल राई, किरण केसी र स्मिता दाहालको स्वर रहेको गीतमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको शब्द रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार सम्भुजित बासकोटाले भरेका छन् । नयाँ गीत सार्वजनिक कार्यक्रममा चलचित्रमा समावेश पहिलो गीत भिजिट भिषामालाई एक करोड भन्दा बढी पटक हेरिएको उपलक्ष्यमा सेलिब्रेशन पनि राखिएको छ ।

जानकारी अनुसार गीतलाई एक करोड भ्युज मिलेको खुशीमा लड्डु बाँड्ने तयारी गरिएको छ । महसञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता किरण केसी हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांग्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दीर्घ गुरुङको छायांकन रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुराग मानसिंह कुँवर, शिशिर वांग्देल, विल्सन विक्रम राई, दीपेन्द्र खनिया र सुमित मैनालीले चलचित्रमा लगानी गरेका छन् ।