दलका प्रतिनिधि र आयोगका अधिकारीबीच भनाभन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

दलका प्रतिनिधि र आयोगका अधिकारीबीच भनाभन



काठमाडौं- स्थानीय निर्वाचन आचारसंहिताबारे दलीय प्रतिबद्धताका लागि निर्वाचन आयोग पुगेका ७९ दलका प्रतिनिधि र आयोगका अधिकारीहरूबीच भनाभन भएको छ। 

मंगलबार आयोगको सभाहलमा उनीहरूबीच भनाभन भएको हो। आयोगले आचारसंहिता तयार गर्दा त्यसबारे आफूहरूलाई जानकारी नदिएको नेताहरूको भनाइ छ। राष्ट्रिय मान्यताप्राप्त ६ दलसँग मात्रै आचारसंहिताबारे आयोगले छलफल गरेको उनीहरूको दाबी छ। 

स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता लागू गर्नुभन्दा पहिला आयोगले सबै दलसँग लिखित प्रतिबद्धता गराउन खोजेको हो। 

आयोगका अधिकारी र दलका प्रतिनिधिहरूबीच भनाभन भएपछि सञ्चारकर्मीलाई सभाहल बाहिर निकालिएको थियो। सभाहलमा प्रहरी परिचालन गरेको भन्दै साना दलहरूले विरोध जनाएका छन्।