दैलेखमा बलेरो जिप दुर्घटना, १४ जना घाइते - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

दैलेखमा बलेरो जिप दुर्घटना, १४ जना घाइते



दैलेख : दैलेखमा बलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दैलेख सदरमुकामबाट भैरवी गाउँपालिकाको कुसापानीतर्फ जाँदै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

सदरमुकामको गणेशचौकको पश्चिम खण्ड नारायण नगरपालिका-२ को जाहारकोट जाने सडक नजिक जीप दुर्घटना भएको हो। अधिकांस घाइतेको टाउकोमा चोट लागेको छ। ६ सिट क्षमता भएको जीपमा १४ जना यात्रु सवार थिए। सडकबाट करिव ५० मिटर तल खसेको जीप रुखमा अडिएको छ।

सदरमुकाम नजिकै जीप दुर्घटना भएकोले तत्कालै प्रहरीले घाइतेको उद्धार गरेर जिल्ला प्रहरी कार्यालय दैलेखमा उपचार भएको छ। जीपमा सवार बालक सन्दीप विकको होस नखुलेको र दुर्घटनामा घाइते भएका रमेश शाही, हिक्मत बिक, गणेश उपाध्याय, सीमा शाही, केशव शाही, लोकेस शाही, अमृता विष्ट, अर्पण शाही लगायतको उपचार भइरहेको छ।