दैलेख एमालेमा पनि गयो पहिरो: नेकपा (एस)मा संख्या ह्वात्तै बढ्यो - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

दैलेख एमालेमा पनि गयो पहिरो: नेकपा (एस)मा संख्या ह्वात्तै बढ्यो



काठमाडौ- दैलेखमा पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार थप ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

आइतबार सनाखत गर्नेमा गाउँपालिका भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लसहित ५ जना वडा अध्यक्ष छन् । दैलेखका ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा एमालेले जितेको थियो ।

योसँगै सो जिल्लामा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्नेको संख्या ५७ पुगेको छ ।

महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा र ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले एकीकृत समाजवादीमा सनाखत गरिसकेकी छन् ।

दैलेखका ९० वडामध्ये ५३ वटामा एमाले विजयी भएको थियो । यसभन्दा अघि सातजना वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । थप आइतबार पाँचजना वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

शुक्रबार २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका थिए आइतबार ३२ जनाले सनाखत गरेको एकीकृत समाजवादी नेता तथा प्रतिनिधिसभा सदस्य पार्वती बिशुंखेले बताइन् । ‘हाम्रो पक्षमा खुल्ने जनप्रतिनिधिहरुको संख्या बढ्दै गएको छ,’ उनले भनिन्, ‘सनाखत गर्ने समय २२ गतेसम्म भएकाले अझै केही जनप्रतिनिधि थपिनु हुन्छ ।’