डडेलधुरा बस दुर्घटना: मृतक मध्ये सात जनाको सनाखत(नामावलीसहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

डडेलधुरा बस दुर्घटना: मृतक मध्ये सात जनाको सनाखत(नामावलीसहित)



डडेलधुरा– डडेलधुरा बस दुर्घटनाका मृतक मध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल र ४० वर्षीय योगेन्द्र रावल रहेका छन् ।

यसैगरी, डडेलधुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने रोहित बलायर र ठेगाना नखुलेकी माया रावलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।

डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से८१८क २९३ नम्बरको बस बिहीबार साझँ रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो । घाइते मध्ये उपक्षेत्रीय अस्पताल डडेलधुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई अन्यत्र रेफर गरिएको छ ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १३ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको हो । दुर्घटनामा २७ जना घाइते छन् ।