डडेलधुरा सदरमुकाममा भिषण आगलागी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डडेलधुरा सदरमुकाममा भिषण आगलागी



काठमाडौँ। डडेलधुरा सदरमुकाममा फेरि भिषण आगलागी भएको छ। गएराति १२ः३० बजेको समयमा अमरगढी नगरपालिका–५, बगरकोटमा आगलागी हुदाँ ९ पसल जलेर नष्ट भएका भएका छन् ।

आगलागीमा संलग्न रहेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

पक्राउ परेका व्यक्तिको नाम ठेगाना नखुलाइए पनि उनी आगलागी पीडितकै आफन्त रहेको प्रहरीले जनाएको छ। उनले आगो लगाएको प्रहरीसामु स्वीकार गरेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो। पछिल्लो २ सातामा डडेलधरा सदरमुकाममा भएको आगलागीको यो चौथो घटना हो।

गत हप्ता मात्र डडेलधुरामा लगातार ३ पटक आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको थियो। दुई साताका बीचमा भएको आगलागीबाट यहाँ १४ पसल जलेर नष्ट भएका छन्।