सांसदको हस्ताक्षर फायल हुँदै: विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्ने तयारी - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

सांसदको हस्ताक्षर फायल हुँदै: विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्ने तयारी



काठमाडौं- नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुह वैकल्पिक सरकार बनाउने तयारीमा लागेका छन् ।

त्यसका लागि काँग्रेसको संसदीय दलको कार्यालयमा काँग्रेस नेताहरुसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका नेताहरु उपेन्द्र यादव लगायत छलफलमा जुटिरहेका छन् ।

वैकल्पिक सरकारको आधार प्रस्तुत गर्न विपक्षी गठबन्धनले तयारी गरेको हो । अहिले संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ । काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताए ।

सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका छन् । नेताहरुले नयाँ सरकारको प्रधानमन्त्री कसलाई अघि सार्ने भन्नेमा भने छलफल गरेर टुंग्याउने बताएका छन् ।