चौतर्फी दवाव बढेपछि स्थानीय तह निर्वाचनबारे तीन नेताले गरे छलफल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

चौतर्फी दवाव बढेपछि स्थानीय तह निर्वाचनबारे तीन नेताले गरे छलफल



काठमाडौँ- स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । स्थानीय तह निर्वाचनको मिति लगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकारलाई ताकेता गरेपछि गठबन्धनका नेताहरू दबाबमा छन् । गठबन्धनका नेताहरू भने स्थानीय तहको चुनाव वैशाखबाट पर धकेल्ने मनस्थितिमा छन् ।

स्थानीय तहको चुनावपछि धकेल्न नहुने भन्दै कांग्रेसभित्र आवाज उठ्न थालेपछि प्रधानमन्त्री देउवा दबाबमा छन् । शुक्रवार बस्ने कांग्रेसको भर्चुअल बैठकमा डा. शेखर कोइराला पक्षले जोडदार आवाज उठाउने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवासँगको भेटमा स्थानीय तह निर्वाचनको मिति घोषणामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेकी दिइन् ।