बानियाँको उदाहरणीय कार्य :साईकल यात्राबाट उठेको रकमबाट अनाथ आश्रम बनाउदैं - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बानियाँको उदाहरणीय कार्य :साईकल यात्राबाट उठेको रकमबाट अनाथ आश्रम बनाउदैं



इटहरी । साइकलयात्री ओमप्रकाश बानियाँको सक्रियतामा सुनसरीको बराहक्षेत्रको कालाबन्जारमा अनाथ आश्रम बन्ने भएको छ ।

अनाथ आश्रमको शिलान्यास बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले गरेका छन् ।

डेढ कठ्ठा जग्गामा आश्रम बन्ने भएको हो । सो जग्गामध्ये १० धुरको पैसा दिएर बाँकी भने सहयोगस्वरुप लिन लागेका हुन् ।

बानियाँले नेपालभर साइकल यात्रा गर्ने क्रममा विभिन्न ठाउँबाट सहयोगस्वरुप पाएको रकम २ लाख ९८ हजार रुपैया बाट आश्रम सुरु गर्न लागेका हुन् । आश्रम निर्माणको लागि बराहक्षेत्र नगरपालिकाले समेत सहयोग गर्ने आश्वासन दिएको छ । विभिन्न क्षेत्र र सहयोगि दाताहरुबाट समेत सहयोग पाउने उनले आशा व्यक्त गरेका छन् ।

बानियाँले नेपाल भ्रमणका क्रममा करीब चार लाख रुपैया खर्च गर्ने योजना बनाएका थिए । आफूले साढे आठ हजार रुपैया बोकेर यात्रा सुरु गरेको बताए । तर खर्च नभएको, उल्टै पैसा पाएको उनले बताए । ‘मैले त्यो पैसा खाएर सक्थेँ होला, तर त्यसरी खेर फाल्न मन परेन,’ उनले भने, ‘त्यसैले बराहक्षेत्र नगरपालिकाको पहिलो बाल अनाथ आश्रम बनाउन लागेको हुँ ।’