करेन्ट चाउचाउ कम्पनीको आधिकारिक विक्रेताद्बारा सहारा घरमा सहयोग  - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

करेन्ट चाउचाउ कम्पनीको आधिकारिक विक्रेताद्बारा सहारा घरमा सहयोग 



लिलाजंग शाही / बौनिया ।

बौनियामा रहेको करेन्ट चाउचाउ कम्पनीको आधिकारिक  विक्रेता चन्दा किराना पसलले असहायका लागि सहयोगि हात नेपालको सहारा घरमा ८ हजार नगदसहित ५ पेटी चाउचाउ सहयोग गरेको छ ।

शुक्रबार बर्दगोरियामा रहेको सहारा घरमा उक्त नगदसहित चाउचाउ सहयोग गरेको करेन्ट चाउचाउ बौनियाका अधिकृत बिक्रेता ओम नारायण महत्तोले जानकारी दिनुभयो । साथै कम्पनीको लोगो अङ्कित १५ ओटा टिसर्ट समेत असहायलाई बितरण गरिएको छ। यशोदा फुड्स प्रालीले आफ्नो उत्पादन करेण्ट तयारी चाउचाउको लन्चिङ गरे संगै उक्त कम्पनीको डिलर बौनियामा रहेको चन्दा किराना पसले लगेको थियो।

बौनिया, जोशिपुर, राजापुर , सुखड , चौमाला लगाएत क्षेत्रको आधिकारिक डिलर बौनियामा रहेको चन्दा किराना पसलले लगेको चन्दा किराना पसलका संचालक ओम नारायण महत्तोले जानकारी दिनुभयो। कम्पनीले हाल सम्म विभिन्न उत्पादनहरू लाली, जुप्पी गोलु, ओला,ओप्पो लगायत विभिन्न ब्रान्डका उत्पादनहरू बजारमा ल्याएको छ।

कम्पनीले असहाय , अनाथ , बेसहारा लगायतलाई विशेष प्याकेज सहितका कार्यक्रम ल्याउन लागेको समेत महत्तोले जानकारी दिनुभएको छ।