दिल्लीमा हेल्पिङ हेन्ड्सको कल्चरल ईभेंट हुने
अर्जुन खनाल /नयाँ दिल्ली ,पुस २१
भारतको राजधानी दिल्लीको लक्ष्मीनगरमा सी ए अध्यनरत विद्यार्थीहरुले नेप्लिज कल्चरल ईभेंट एवंम् तेस्रो अधिबेशन गर्ने भएका छन् ।दिल्लीमा सी ए अध्यानरत विद्यार्थीहरुका हकहितका लागि निरन्तर लागि परेको नेप्लिज् स्टुडेन्ट हेल्पिङ हेन्ड्सले कार्यक्रमको आयोजना गर्ने बताईएको छ ।
सो कार्यक्रममा बिभिन्न कलाकारहरुले आफ्नो गायन एवंम नृत्य प्रदर्शन गर्नुको साथै नयाँ कार्यसमितिको पनि चयन हुने कुरा हेल्पिङ हेन्ड्सका सचिब सन्दिप पाण्डेले हिमाल पोस्टलाई जनाकारी गराएका थिए ।
बिगतका वर्षहरुमा जस्तै यसपाली पनि कार्यक्रमलाई सभ्य र भब्य रुपमा समापन गर्ने भन्दै कार्यक्रमको तयारी लगभग पुरा भएको अध्यक्ष मदन बस्नेतले बताए ।उनले थपे “गत वर्ष हेल्पिङ् ह्यान्ड्सले दिल्लीमै पहिलो पटक प्रत्यक्ष निर्वाचन गरेको थियो र यसपाली पनि हामी गर्ने छौ ” ।
कार्यक्रम जनवरी १५को दिन ,दिउँसो २:०० बजे राजाराम मोहन रोय मेमोरियल ट्रस्ट, आई.टि.ओमा सम्पन्न हुनेछ ।