चेन्नई सुपर किङ्स शीर्ष स्थान उक्लियो : हैदरावाद पराजित - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

चेन्नई सुपर किङ्स शीर्ष स्थान उक्लियो : हैदरावाद पराजित



एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईस्थित चिदमबरम स्टेडियममा हैदरावादले दिएको १७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर ।  चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।

शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए ।

चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

जितसंगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । र, दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै चेन्नईले हैदरावादसंग यस सिजनको पहिलो खेलमा हारेको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो ।

पराजित हैदरावादको १० खेलबाट १० अंक छ । हैदरावाद चौंथो स्थानमा छ ।