चेन्नाई र हैदराबादबीच प्रतिस्पर्धा, चेन्नाईको दाउ फेरी १ नम्बर - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

चेन्नाई र हैदराबादबीच प्रतिस्पर्धा, चेन्नाईको दाउ फेरी १ नम्बर



काठमाडौं । इन्डियन प्रिमियर लिगमा आज चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । चेन्नाईमा हुँदै गरेको यस खेल नेपाली समय अनुसार राती सवा आठ बजेबाट सुरु हुनेछ । पछिल्ला दुई खेलमा पराजित भएको चेन्नाई आजको खेलबाट कमब्याक गर्न चाहन्छ ।

यता लगातार दुई खेलमा जित निकाल्दा एक खेलमा चेन्नाइलाई हराएको हैदरावाद त्यो लयलाई कायम राख्न चाहन्छ । अघिल्लो खेलमा बैंग्लोर विरुद्ध जितको नजिक पुगरेपनि अन्तिममा एक रनले पराजित ब्यहोरेको चेन्नाई र हैदराबाद एक सातामा दोस्रो पटक खेल्न लागेका हुन् ।

अघिल्लो खेलमा हैदरावाद ६ विकेटले विजयी भएको थियो । जुन उसले चेन्नेइ विरुद्ध पछिल्ला ५ खेलमा पहिला जित निकालेको हो । अघिल्ला संस्करणमा यी दुई टिम चार पटक खेल्दा चारैपटक चेन्नेइ विजयी भएको थियो । साविक विजेता र उपविजेता विचको आजको यो भिडन्त रोमाञ्चक हुन सक्नेछ ।