चेन्नईको लज्जास्पद हार, मुम्बई उक्लियो १ स्थान - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चेन्नईको लज्जास्पद हार, मुम्बई उक्लियो १ स्थान



एजेन्सी । साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो । यो हारसंगै लिगमा चेन्नईको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ । चेन्नईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभर खेल्दै ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि केदार जादबले अर्धशतकीय इनिङ्स खेल्दै ५८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै सुरेश रैनाले १६ तथा कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए । मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्डयले ३/३ विकेट लिए । जासन बेन्ड्रोफले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्नल पाण्डयले ४२ रन जोड्दा हार्दिक पाण्डयले अविजित २५ रन बनाए ।

चेन्नईका दिपक चाहर, रोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए ।

यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ ।

पहिलो हार व्यहोरेको चेन्नईको भने ४ खेलबाट ६ अंक रहेको छ ।