हैदरावादद्वारा १७६ रनको लक्ष्य प्रस्तुत : चेन्नईलाई रोक्ने प्रयास - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

हैदरावादद्वारा १७६ रनको लक्ष्य प्रस्तुत : चेन्नईलाई रोक्ने प्रयास



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ  ।

चेन्नईस्थित चिदामबराम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १७५ रन बनायो ।

हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा  आउट भए ।

आज घरेलु टोली चेन्नई शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदान उत्रने छन् । लिगको दोस्रो स्थानमा रहेको चेन्नईको १० खेलबाट १४ अंक छ ।

यस सिजनको सुरुवात बाटै उत्कृष्ट प्रदर्शन गरिरहेको चेन्नईलाई शीर्ष स्थानमा फर्कने अवसर समेत रहेको छ ।

यस्तै चेन्नई यसै सिजनको पहिलो खेलमा हारेको बदला समेत लिन चाहन्छ । यस सिजनको पहिलो भेटमा हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो ।

हैदरावादलाई पराजित गरेमा चेन्नई दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ । दिल्लीको १४ अंक छ । नेट रन रेट आधारमा दिल्ली शीर्ष स्थानमा छ ।

चौथो स्थानको हैदरावादको ९ खेलबाट १० अंक छ । हैदरावाद चेन्नईलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

पहिलो भेटको जितले हैदरावाद उच्च आत्मविश्वासका मैदान उत्रने छ ।