पूर्व क्रिकेटर जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्ध नियम मिचेको आरोप - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पूर्व क्रिकेटर जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्ध नियम मिचेको आरोप



काठमाडौं । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ ।

उनको आरोपहरु, भष्टाचार विरुद्धको एकाइको अनुसन्धानमा सहकार्य नगरेको वा गर्न नसकेको र अनुसन्धानमा अवरोध गरेको वा यसलाई ढिलो गराएको साथै यस मुद्दासँग सम्बन्धीत कागजातहरु लुकाएको, बिगारेको अथवा नष्ट पारेको, रहेको छ ।

जयासूर्याले श्रीलंकाको लागि ११० वटा टेष्ट र ४४५ वटा अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट खेलेका छन् । उनी श्रीलंकाको कप्तानको रुपमा समेत काम गरिसकेका र श्रीलंकाली क्रिकेट टोलीको छनौट समितिको अध्यक्ष पनि रहिसकेका छन् ।

अघिल्लो वर्ष श्रीलंकाली क्रिकेटमा सामुहिक राजिनामा दिने क्रममा सनथले पनि राजिनामा दिएका थिए ।

उनलाई लागेको आरोपको खण्डन गर्न सोमबार देखि १४ दिनको समयसिमा तोकिएको छ ।