क्रोएसियामा शक्तिशाली भूकम्प: ठुलो क्षतीको भएको अनुमान - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

क्रोएसियामा शक्तिशाली भूकम्प: ठुलो क्षतीको भएको अनुमान



काठमाडौं- क्रोएसियामा ठुलो भूकम्प गएको छ । मंगलबार अपरान्ह ६.३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार भूकम्पले ठुलो क्षती गरेको हुनसक्ने आशंका गरेका छन् । भूकम्पको धक्का क्रोएसियाभर मात्र होइन सर्विया, बोस्निया- हर्जगोभिना र अस्ट्रियामा पनि महसुस गरिएको अल जजिराले उल्लेख गरेको छ।

भूकम्पका कारण राजधानी जाग्रेबबाट ६० किलोमिटर पूर्वदक्षिणमा पर्ने पेट्रिन्या भन्ने शहरमा भवनहरु भत्किएका छन्।

मानिसहरु भग्नावशेषभित्र पुरिएको हुन सक्ने आशंका गरिएको छ।