क्रोएसियाले बनायो नयाँ इतिहास, इंग्ल्याण्डको सपना अधुरै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्रोएसियाले बनायो नयाँ इतिहास, इंग्ल्याण्डको सपना अधुरै



मस्को- रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्याण्डलाई हराउंदै क्रोएसिया फाईनलमा पुगेको छ ।  क्रोएसियाले विश्वकप फुटबल ऐतिहासिक सफलता हात पारेको छ। २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्दै क्रोसियाले इतिहास रचेको हो।

खेलको अतिरिक्त समयमा १ गोल थप्दै क्रोएसियाले २-१ गोलले अग्रता लिएको थियो ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेर विश्वकपमा पहिलोपटक फाइनलमा स्थान बनाएको हो। अब उपाधिका लागि क्रोएसियाले आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

क्रोएसिया यसअघि १९९८ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो। तर फ्रान्ससँग पराजित हुँदा फाइनल पुग्ने अवसर गुमाएको थियो।

यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको छ। यसअघि खेलको सुरुवातमै पछाडि परेको क्रोएसियाले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो।

क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए।

खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो। पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे। डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो। २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

क्रोएसिया यसअघि विश्वकपको फाइनलमा पुग्‍न सकेको छैन। सन् १९६६ को विश्वकप जितेको इङ्ल्यान्ड त्यसपछि पहिलोपटक फाइनल पुग्‍ने प्रयासमा छ। विश्वकपमा इङ्ल्यान्ड २८ वर्षपछि र क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन्। भने क्रिएसिया पहिलो पल्ट फाईनलमा पुगेको हो ।