क्राेएसियाकाे क्याबिनेट: फुटबल जर्सी लगाएरै बस्याे बैठक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

क्राेएसियाकाे क्याबिनेट: फुटबल जर्सी लगाएरै बस्याे बैठक



विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाको खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ ।

समर्थकहरु खुसीमा डुब्नु त छँदैछ, देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् ।

रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसे ।

पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए ।

यता राष्ट्रपति कोलिन्डा मैदानमा नै पुगेर देशको समर्थन गरेकी थिइन् ।

यतिमात्र होइन नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि उनलाई फुटबलको नशाले छोडेको थिएन । त्यसैले त उनले आइतबार हुने फाइनल जित्ने दावी गरिन् ।

टिम फाइनलमा पुगेको दोस्रो दिन बसेको क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष कुराकानी भएको थियो ।

त्यस बैठकले खेलाडीलाई पुरस्कारको घोषणा गरेको अनुमान पनि गरिएको छ, तर त्यो भने सार्वजनिक गरिएको छैन ।

सन् १९९८ मा सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएर तेस्रो भएको क्रोयसियालाई यसपटक सो हारको बदला लिनुका साथै विजेताको सूचीमा पहिलो पटक आफ्नो नाम लेखाउने सुनौलो मौका हुनेछ ।