क्रिस गेलले तोड्लान त ब्रायन लाराको रेकर्ड ? - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

क्रिस गेलले तोड्लान त ब्रायन लाराको रेकर्ड ?



एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि वेस्टइन्डिज टोलीमा फर्किएका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई ब्रायन लाराको रेकर्ड तोड्ने सुनौलो अवसर रहेको छ । बिहीबार सुरु हुने एकदिवसीय सिरिजका लागि गेल टोलीमा फर्किएका हुन् ।

उनले भारतविरुद्धको पहिलो खेलमा नै लाराको रेकर्ड तोड्ने सम्भावना प्रवल रहेको छ । यो रेकर्ड तोडे गेल वेस्टइन्डिजका लागि एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्ने छन् । उक्त रेकर्डका लागि गेललाई मात्र ११ रनको आवस्यकता छ । गेलले हालसम्म २९५ एकदिवसीयमा ३८.१४ को औसतमा १० हजार ३३८ रन बनाएका छन् ।

वेस्टइन्डिजका महान ब्याट्सम्यान लाराले समान एकदिवसीयमा ४०.९० को औसतमा १० हजार ३४८ रन जोडेका छन् । तर, एकदिवसीयमा शतक बनाउने खेलाडीमा गेल लारा भन्दा अगाडि छन् । लाराले एकदिवसीयमा १९ शतक बनाएका छन् भने गेलले २५ शतक बनाएका छन् ।

त्यस्तै गेलले एकदिवसीयमा एक दोहोरो शतक पनि बनाएका छन् । इंग्ल्यान्ड विश्वकपपछि एकदिवसीयबाट सन्यास लिने बताइएका गेलले भारतविरुद्धको सिरिजपछि एकदिवसीयबाट सन्यास लिन सक्ने अनुमान गरिएकाे छ ।