ज्यान मार्ने धम्की दिने दुईजनालाई पक्राउ - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

ज्यान मार्ने धम्की दिने दुईजनालाई पक्राउ



काठमाडौँ । समाजिक सञ्जालमा अमर्यादित शव्दहरुको प्रयोग गरी प्रेस काउन्सिलका पदाधिकारीहरुलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान प्रतिष्ठा समेतमा आघात पु¥याउने र ज्यान मार्ने समेतका धम्की दिदैं सामग्रीहरुको पोष्ट गर्दै आएको कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । न्यूज २४ टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनता’ का सञ्चालक रवि लामिछानेमाथि परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सन्जालमा आपत्तिजनक, अमर्या्दित शव्दहरु प्रयोग गरी पोष्ट र कमेन्ट गरेको उनीहरुमाथि आरोप छ ।

महाशाखाबाट खटिएको टोलीले इलाम घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय विनोद गौतमलाई टेकुबाट र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई पनवलपरासीको सुनवलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई विद्युतिय कारोवार ऐन अन्तर्गत अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ । विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैंया सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।