क्रिकेटर आसिफ अलीकी दुई वर्षिय छोरीको क्यान्सरको कारण मृत्यु - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

क्रिकेटर आसिफ अलीकी दुई वर्षिय छोरीको क्यान्सरको कारण मृत्यु



एजेन्सी । इंग्ल्याण्ड विरुद्धको सिरिज खेलिरहेका पाकिस्तान क्रिकेटर आसिफ अलीलाई गम्भिर पारिवारिक समस्या आइलागेको थाहा भएको छ ।

उनको दुई वर्षिय छोरी नूर फातिमा चौथो स्टेजको क्यान्सरको कारण आइतबार मृत्यु भएपछि उनलाई आपत्ती आइलागेको हो ।

आसिफले पाकिस्तान सुपर लिग (पीएसएल) को चौथो सिजनको क्रममा छोरीलाई क्यान्सर भएको थाहा पाएको बताइन्छ । त्यसलगत्तै उनले उपचारको लागि अमेरिका लगेका थिए ।

आइतबार उनको छोरीको मृत्यु भएको दिन उनी पाकिस्तानको लागि इंग्ल्याण्ड विरुद्ध पाँचौ एकदिवसिय क्रिकेट प्रतियोगिता खेलेका थिए । उनी खेलपछि नै घर फर्केको बताइएको छ ।

आसिफ पाकिस्तानको विश्वकप खेल्ने टोलीमा पनि परेका छन् । पाकिस्तानले आगामी मे २४ र मे २६ मा अफगानिस्तान र बंगलादेशको सामना गर्ने तालिका रहेको छ ।