नेपाली क्रिकेट टिमको मेडल खोसियो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपाली क्रिकेट टिमको मेडल खोसियो



काठमाडौँ । नेपाली क्रिकेट टिमको मेडल खोसिएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएसँगै आयोजकले नेपाललाई उपविजेता भन्दै मेडल लिन बोलाएको थियो तर, गल्तीले मेडल दिइएको भन्दै खोसिएको हो ।

सिंगापुरसँग ८२ रनले पराजित भएसँगै आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई पनि विजेता मेडल दिइयो र सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले ।

तर, नेपाललाई उपविजेताको ट्रफी दिने बेलामा भने लगाइसकेको मेडल पनि खोसियो । छनोट खेलमा समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरिए नेपाली खेलाडीले पाएको मेडल खोसिएको हो । उक्त मेडल नेपालका टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरेका हुन् ।

आयोजक सिंगापुरसँगको हारसँगै नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सकेन ।