अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो, स्मिथले बनाए शतक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो, स्मिथले बनाए शतक



काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि भएको वार्मअप खेलमा आयोजक इंग्ल्यान्डमाथि अस्ट्रेलियाले १२ रनको जित हात पारेको छ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ९७ रन जोड्यो। अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले १ सय १६ रनको योगदान दिए। डेभिड वार्नरले ४३ रन बटुले। बलिङमा इंल्यान्डका लियाम प्लुङकेटले ४ विकेट लिए।

२ सय २८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ बल खेल्न बाँकी छदा २ सय ८५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि जेम्स भिन्सले ६४ रन र कप्तानको भूमिकामा रहेका जेस बटलरले ५२ रन जोडे। बलिङमा अस्ट्रेलियाका बोनरडोफ र रिचार्डसनले २-२ विकेट लिए।