एमालेले संसद अवरुद्ध नगर्ने - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

एमालेले संसद अवरुद्ध नगर्ने



पोखरा, पौष ३

एमाले महासचिव इश्वर पोख्रेलले संविधान संशोधन बाहेकका विषयमा छलफल गर्ने कार्यसूची सभामुखले ल्याए संसद अवरुद्ध नगर्ने बताए ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएको जिकीर गर्दै प्रमुख विपक्षी एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
प्रेस चौतारी कास्कीले आइतबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘अबरुद्ध संसद खोल्न हामी तयार छौं, तर सभामुखले असंवैधानिक रुपमा आएको संविधान संशोधन प्रस्ताव बाहेकका विषयमा मात्र छलफल गर्ने कार्यसूची ल्याउनु पर्‍यो ।’