सिपिएलमा उचाई बढाउंदै सन्दीप लामिछाने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सिपिएलमा उचाई बढाउंदै सन्दीप लामिछाने



काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि विकेट लिएका छन्।

सन्दीपसँगै अन्य बलरको उत्कृष्ट बलरको उत्कृष्ट बलिङसँगै सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सले ट्रिन्बागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको छ। सेन्ट केन्ट्सको यो पहिलो जित हो।

सन्दीपले आइतबार विहान सकिएको खेलमा सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सका लागि १ विकेट लिन सफल भए। उनले ३ ओभर बलिङ गर्दा सन्दीपले १७ रन खर्चिए भने १ मेडन राख्न सफल भए। उनले ट्रिन्बागोका ओपनर क्रिस लियोनलाई ६ रनमा बोल्ड गरेका थिए। चौथो ओभरमा बलिङ पाएका उनले सो ओभर मेडन गरेका थिए।

आठौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले ३ रन खर्चिए। उनले ड्वायन ब्राभो र दिनेश रामदिनलाई बलिङ गर्दा दुवैले बाउन्ड्री प्रहार गर्न सकेनन्।

अन्तिम ओभर पनि बलिङ गरेका सन्दीपले यो ओभर भने १४ रन खर्चिए। यो ओभरको पाँचौ बलमा विकेटको अवसर भएपनि ट्रिन्बागोका केभोन कुपरले हावामा उडाएको बल डेभकिकले क्याच गर्न असफल भएक थिए।

खेलमा सन्दीपको सेन्ट केन्ट्सले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय ३ रन जोड्यो। उसका लागि डेभोन थोमसले ३४ बलमा ५८ रन, कार्लोस बाथवेटले १५ बलमा ४१ रन  र कप्तान क्रिस गेलले ३० रन दिए। बलिङमा ट्रिन्बागोका अदिल खानले ३ र सुनील नारिनले २ विकेट लिए।

२ सय ४ रन पछ्याएको ट्रिन्बागोले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्यो। उसका लागि केभोन कुपरले नटआउट नटआउट ४२ र डिएम ब्राभोले ४१ रन जोडे। बलिङमा सेन्ट केन्ट्सका कार्लोस बाथवेट, बेन कटिङ र जेरेमिन लोउसले २–२ विकेट लिए। सन्दीप लामिछाने र सेलडम कोट्रेलले १–१ विकेट लिए।