सिपिएलमा सन्दीप गरे कमालै कमल ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

सिपिएलमा सन्दीप गरे कमालै कमल !



काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले क्याराबिन प्रिमियर लिग (सीपीएलं) अन्तरगत बुधबार बिहान (स्थानीय समय अनुसार मंगलबार साँझ) चौथो खेल खलेका छन् । यस अघिका तीन खेलमा झैं यसमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सीपीएलको चौथो खेलमा २ ओभर बलिङ गर्न पाएका सन्दीपले आफ्नो टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ का लागि १३ रन खर्चिएर २ विकेट लिएका छन्। क्रिस गेलको कप्तानीमा रहेको सन्दीपको टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले चौथो खेलमा किरन पोलार्डको कप्तानीमा रहेको ुसान्ट लुसिया स्टार्सुसँग प्रतिस्पर्धा गरेको थियो । यस खेलमा सन्दीपको टोलीले ७ विकेटको जित हात पार्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको सान्ट लुसिया स्टार्सले १२।३ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्रै बनाउन सक्यो । ७० रनको झिनो लक्ष्य पाएको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ७।४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पार गर्‍यो ।

सन्दीप लामिछानेले ९ र १२औं ओभरमा बलिङ गरेका थिए । ९ औं ओभरमा ६ रन दिएर १ विकेट लिएका सन्दीपले अस्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नरलाई आउट गराए । ओपनर वार्नर १७ बलमा १४ रन बनाएर पेभेलियन फर्किएर । यस ओभरमा ६ रन दिए । १२ औं ओभरमा आक्रमक ब्याटिङ गरिरहेका पाकिस्तानी क्रिकेटर क्वाइस अहमदलाई आउट गराए । उनले १८ बलमा २४ रन बनाएका थिए । यस ओभर उनले ७ रन दिए ।

सन्दीपले लिएका दुवै विकेट निकै महत्वपूर्ण रहे । विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका एक मानिने डेभिड वार्नरको विकेट लिनु र सान्ट लुसिया स्टार्सका लागि सबैभन्दा धेरै स्कोर गर्ने अहमदलाई आउउ गराइ टोलीको जितका लागि सन्दीपले महत्वपूर्ण योगदान गरे ।

यसअघिका ३ खेलसहित सन्दीपले सीपीएलमा विकेट ७ विकेट लिएका छन् । सन्दीपले पहिलो खेलमा २, दोस्रो खेलमा १ र तेस्रो खेलमा २ विकेट लिएका थिए । आजको अन्नपूर्ण पोस्ट्बाट ।