सीपी मैनालीले पनि लगाए प्रधानमन्त्रीलाई गम्भीर आरोप - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सीपी मैनालीले पनि लगाए प्रधानमन्त्रीलाई गम्भीर आरोप



काठमाडौँ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीले ओली सरकार लम्पसारवादी बन्दै गएको आरोप लगाएका छन् । “कोही बोलेर लम्पसार पर्छन्, कोही नबोलेरै लम्पसार पर्दछन्” महासचिव मैनालीले भने– “ओली सरकार नबोलेरै लम्पसार पर्न थालेको छ । यो पनि एक प्रकारको लम्पसारवाद हो ।”

बिहीबार राजधानीमा आयोजित माथिल्लो कर्णाली परियोजनाका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मैनालीले भने, ‘यो सरकार कुरा ठुला ठुला गर्दछ, तर व्यवहारमा सानोभन्दा सानो काम पनि गर्न सक्दैन ।” उनले लिपुलेक प्रकरणमा दुई पटक चीन भ्रमणमा गएर पनि कुरा नउठाएको तथा माथिल्लो कर्णाली परियोजनामा अनावश्यक रूपमा जी.एम.आर. को पटक पटक म्याद थपेको भन्दै सरकार खालि कुरा गर्ने स्थितिमा रहेको बताए ।

अहिले राष्ट्रियतामा बढी चोट पुगेको बताउँदै उनले सम्पूर्ण देशभक्तहरुको एकता अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रममा जनमोर्चाका केन्द्रीय प्रतिनिधि भैरवराज रेग्मीले माथिल्लो कर्णाली जस्ता परियोजना राष्ट्रले नै बनाउँदा राष्ट्रिय अर्थतन्त्र बलियो हुने दावी गरे । उनले माथिल्लो कर्णाली स्वदेशी पुँजीबाटै बनाउने विषयलाई राष्ट्रिय मुद्दा बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।
नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले अपर कर्णाली जस्ता आन्दोलनले जनचेतना उठान गर्दै जनमत निर्माण गर्ने त्यो जनमतले एउटा निकास दिने बताए ।

माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीले अवधारणा पत्र, त्यस्तै पुल्चोक इन्जिनियरिङ कलेजका प्रोफेसर हरि पण्डितले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको व्यापक सम्भाव्यता र जलश्रोत अभियन्ता रतन भण्डारीले जी.एम.आर. को दिवालिया हुन थालेको वित्तीय स्थितिका बारेमा प्रोजेक्टर मार्फत् विषयवस्तु प्रस्तुत गरेपछि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, इतिहासविद प्रा.डा. सुरेन्द्र केसी, राष्ट्रिय जागरण परिषदका संयोजक साध्य बहादुर भण्डारी, पूर्व जलश्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गेल र नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख सन्त बहादुर पुनले कार्यक्रममा मन्तब्य राखेका थिए ।