हेर्दा हेर्दै एक सय १९ गाई जले - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हेर्दा हेर्दै एक सय १९ गाई जले



काठमाडौं , ४ असार । 

राजधानीको गोकर्णेश्वर नगरपालिका-१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा एक सय १९ गाई जलेका छन्।

शनिबार बिहान ११ बजे करेन्ट सर्ट भएर फार्म भित्र पुरै आगो सल्किएको थियो। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी अच्युत पुडासैनीका अनुसार बाँसको छानोमाथि टिन लगाएको र अचानक करेन्ट सर्ट भएर सल्किएको आगो फार्ममा फैलिएको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गाईफार्म ओखलढुंगाका बाबुराम कार्कीले सञ्चालन गर्दै आउनु भएको थियो। कार्कीका अनुसार फार्म सफा गरेर कामदार खाना खाएर आराम गरेकै समयमा आगो लागेको हो।

‘अचानक आगोको मुस्लो देखियो, फार्ममा रहेका गाईको उद्धार गर्ने अवस्थै रहेन,’ कार्कीले भन्नुभयो, ‘फार्ममा रहेका १ सय २२ गाईमध्ये १ सय १९ गाई जले।’

कार्कीको फार्ममा एक सय २२ वटा गाई थिए। जसमा ७५ दुहुना, २२ ब्याउने र अन्य साना बाच्छी थिए। जसमा तीन गाई मात्रै बचेका छन्। कार्कीका अनुसार एउटा दुहुनो गाईको मूल्य दुई लाखसम्म पर्छ।

आगलागीमा १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरा पूर्ण रुपमा नष्ट भएको छ।