२४ घण्टामै थपिए २७९ संक्रमित : स्थिति नियन्त्रण बाहिर
काठमाडौं – सरकार कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा पूर्ण असफल भएको आरोप लागिरहेका बेला नेपालमा दिन प्रतिदिन संक्रमित बढेको बढ्यै छन् । पछिल्लो २४ घण्टामा ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २७९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा नेपालमा थप २७९ जना संक्रमित थपिएको बताइएको हो ।
यसअघि मंगलबार मात्र नेपालमा ३२३ जना नयाँ संक्रमित थपिएका थिए । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । नेपालमा १५ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।
पछिल्ला केहिदिनमा नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।
हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या करिव ७३ लाखपुगेको छ भने करिव ४ लाख १४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर ३६ लाख बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।