थपिए कोरोना संक्रमित - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

थपिए कोरोना संक्रमित



काठमाडौं- नेपालमा फेरी कोरोना संक्रमित थपिएका छन् । सुर्खेत, सल्यान र अछाममा गरी मंगलबार २९ जना कोरोना भाइरस(कोभिड–१९)संक्रमित थपिएका हुन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

सुर्खेतका ११ तथा सल्यान र अछामका नौ/नौ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।