बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी: कोभिड र बजेट अधिवेशनबारे छलफल
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्न सरकारी निवास बालुवाटारमा बोलाएको मन्त्रिपरिषद्को बैठक अहिले जारी छ ।
साँझ ५ बजेदेखि सुरू भएको बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल भैरहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीसहित सोमबार सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा मन्त्रिपरिषद्बाट थप निर्णय हुने बताइएको छ ।
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पुनः नियुक्ति भएपछि पहिलो बैठक बसेको हो । बैठकले बजेट अधिवेशन बोलाउने सम्भावना पनि रहेको बताइएको छ ।