नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमण - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमण



काठमाडौं- नेपालमा कोरोना संक्रमण ह्वात्तै घटेको छ ।  आज चार हजार ४८७ जनामा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ११६ को मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ७५२ जनाको स्वाब परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार २० हजार ११० जनाको स्वाब परीक्षण गर्दा ६ हजार ९५१ जनामा कोरोना देखिएको थियो। 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ११६ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १६३ पुगेको छ। 

आज ६ हजार ८० जना निको भएका छन्। लगातार तीन दिन संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको छ। योसँगै निको हुनेको संख्या चार लाख ३४ हजार ७६० पुगेको छ।