प्रेस काउन्सिलको कार्यालय बन्द गर्ने निर्णय - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रेस काउन्सिलको कार्यालय बन्द गर्ने निर्णय



काठमाडौं- नयाँ अध्यक्ष नियुक्ति गरेको भोलिपल्ट नै प्रेस काउन्सिल नेपालले कार्यालय बन्द गर्ने निर्णय गरेको छ । निर्णय अनुसार आगामी शुक्रबारसम्म काउन्सिलको कार्यालय बन्द हुनेछ ।

कोरोना संक्रमणको जोखिम बढेको कारण सोमबार बसेको काउन्सिलको बोर्ड बैठकले कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कार्यालय बन्द हुन्जेलको समयमा अनलाइनबाट उजुरी लिने निर्णय गरिएको छ ।

काउन्सिलद्वारा जारी विज्ञप्तिअनुसार आचारसंहिता कार्यान्वयनको अनुगमन निवासबाटै गरिनेछ।सरकारले सोमबार बेलुका काउन्सिलको कार्यवाहक अध्यक्ष फेर्ने निर्णय गरेको थियो।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई यो जिम्मेवारी दिने निर्णय भएको थियो।