रामदेवको कोरोना औषधिमा भारत सरकारले लगायो प्रतिबन्ध

एजेन्सी- भारत सरकारले योग गुरु रामदेवले ल्याएको कोरोनाभाइरसको औषधिमाथि प्रतिवन्ध लगाएको छ ।
निकै तामझामका साथ पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेको कोरोना ठिक पार्ने भन्दै प्रचार गरिएको औषधि प्रतिवन्ध गरिएको हो ।
७ दिनभित्र कोरोना संक्रमितलाई निको पार्ने दाबी सहित रामदेवले तयार पारेको उक्त औषधिले संक्रमित निको भैसकेको दाबी समेत गरिएको थियो ।
रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले उक्त आयुर्वेदिक औषधिबा मंगलबार सार्वजनिक गरेको थियो ।
कोरोनाको उपचार हुने भन्दै रामवेदले उक्त औषधि सार्वजनिक गरेपछि भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधिको प्रचारप्रसारमा रोक लगाएको हो ।
मन्त्रालयले यस औषधिबारे राम्रोसँग अनुसन्धान नभएकोले विज्ञापन गर्नु ठिक नहुने बताएको छ । मन्त्रालयले यस औषधिको वैज्ञानिक अध्ययन नभइसकेको बताएको छ ।

