बढ्दै कोरोना ग्राफ: आजमात्रै ४२६ संक्रमित थपिए, निम्तियो महामारी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

बढ्दै कोरोना ग्राफ: आजमात्रै ४२६ संक्रमित थपिए, निम्तियो महामारी



काठमाडौं – नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् ।

आज शुक्रबार पनि पछिल्लो २४ घण्टामा नेपालमा ४२६ जना संक्रमित थपिएका छन् । दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमित थपिएको जानाएको हो । यससंगै नेपालमा हालसम्म संक्रमितको संख्या ८२७४ पुगेको छन् ।

यससंगै नेपालमा कोरोना संक्रमण अर्को चरणमा प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ५ हजार सक्रिय संक्रमण भएको अवस्थालाई संक्रमणको तेश्रो चरण बताइएको छ ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४०२ पुगेको छ । नेपालमा २२ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

पछिल्ला केहिदिन नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।

हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या करिव ८६ लाख पुगेको छ भने करिव ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर करिब ४५ लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।