बिहिबार थपिए १२४६ जना संक्रमित, १८१८ जना डिस्चार्ज - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

बिहिबार थपिए १२४६ जना संक्रमित, १८१८ जना डिस्चार्ज



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराेना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ६० पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकाे छ।