यस्तो छ विश्वभर कोरोना संक्रमितको पछिल्लो अवस्था - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

यस्तो छ विश्वभर कोरोना संक्रमितको पछिल्लो अवस्था



काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो ।

कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख ३६ हजार भन्दा बढी मानिसको ज्यान गइरहेको छ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा विश्वका संक्रमित मध्ये एक चौथाइ भन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या २१ लाख १३ हजार भन्दा बढी पुगेको छ ।

लकडाउन खुकुलो पारिएपछि पछिल्ला दिनमा त्यहाँ संक्रमणको दर पुनः बदेर दैनिक २५ हजारको हाराहारीमा पुगेको छ । कोभिड–१९ बाट अहिलेसम्म एक लाख १६ हजार भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या ८ लाख ८८ हजार भन्दा बढीमा संक्रमित पुगेका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ४३ हजार ९ सय भन्दा बढी रहेको छ ।