एकैदिन ३२ जना थपिए: ४०७ पुगे संक्रमित

काठमाडौं- मंगलबार संक्रमितको संख्या फेरि थपिएको छ । धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले यसबारे केहि समयपछि जानकारी गराउने तयारी गरेको छ । यो संगै एकैदिन काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएका छन्।
धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान भएको बताइएको छ ।
मंगलबार थपिएका संक्रमितहरूमा काठमाडौंका ३, झापाका ९, कपिलवस्तुका ४ र सर्लाहीका २ जना छन्। यस्तै सुनसरी, मोरङ, सिन्धुली, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ र नवलपरासीका एक-एक जना छन्।
अहिलेसम्म संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।

