उपत्यकामा थपिए ८ जना महिला कोरोना संक्रमित
काठमाडौं- काठमाडौं उपत्यकामा पनि पछिल्ला दिनमा कोरोना संक्रमण बढेको छ । देशभर कोरोना संक्रमण महामारी बढीरहेको बेला काठमाडौँ पनि संक्रमित बढेका हुन ।
लकडाउन खुकुलो बनाएसंगै बाहिरबाट आउनेको संख्या पनि ह्वात्तै बढेको छ । यसरी बढ्दै जानेहो भने काठमाडौंमा पनि संक्रमित निकै थपिने जोखिम बढेको छ ।
नियमित रूपमा गरिने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका एक महिला र भक्तपुरमा ७ जना महिलामा कोरोना पुष्टि भएको बताए।