कोरोना लाग्नेबित्तिकै अस्पताल भर्ना किन भए ट्रम्प ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

कोरोना लाग्नेबित्तिकै अस्पताल भर्ना किन भए ट्रम्प ?



काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै ट्रम्प उपचारका लागि अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको ह्वाइट हाउसको भनाई छ। ट्रम्पलाई ज्वरो आएको छ ।

उनले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए। ह्वाइट हाउसले ट्रम्पले धकान महसुस गरेको भए पनि उनको आत्मबल राम्रो रहेको बताएको छ ।

कोरोना भाइरस संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ । अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ । चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको हो ।

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन् ।

हालै भएको पहिलो टेलिभिजन बहसमा ट्रम्पको प्रदर्शनलाई लिएर तीव्र आलोचना भइरहेको छ। सो बहसमा अरु सबैले मास्क लगाएका थिए, तर ट्रम्पको परिवारका सदस्याले मास्क लगाउनु पर्ने नियम अनिवार्य भए पनि अस्वीकार गरेका थिए ।

पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन र उनकी पत्नी जिल बाइडेनमा भने संक्रमण देखिएको छैन।