बिहानै थपिए कोरोना संक्रमित - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बिहानै थपिए कोरोना संक्रमित



पोखरा– बिहीबार बिहानै गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितहरुमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भएर गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष तथा गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् ।